हेटौंडा – १८ हटियामा सवारी दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र १४, मंगलवार ०१:३० गते

हेटौंडा । धरान – चतरा सडक खण्ड अन्तरगत हेटौंडा उपमहानगर पालिका वडा नम्बर – १८ मा सवारि दुर्घटना भएको छ । ठूलो दमारबाट हेटौंडा  तर्फ आउदै गरेको ना ५ च २९९ नं.को खालि बोलेरो पिकअप गाडिले सडकको छेउमा रोकि राखेको बा ४४ प ३८०२ नं को मोटरसाइकललाई राती करिब १०:०० बजे तिर  ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा नम्बर १ बस्ने अन्दाजी बर्ष ३१ को धर्मेन्द्र राम थारु रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घाईते धारुको उपचारको क्रममा राती करिब ११:०० बजे हेटौडा अस्पतालले मृत घोषण गरेको  प्रहरीले जनाएको छ । बोलेरोको चालक फरार रहेको र खोजी भईरहेको प्रहरिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*