मकवानपुरगढी गाँउपालिकामा रहेको एक मात्र प्राविधिक शिक्षा पढाई हुने विद्यालय वंशगोपाल माध्यामिक बिध्यालय प्राविधिक शिक्षालयले आफ्नो ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाईने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ स्थित कुर्ले दमारमा रहेको वंशगोपाल माध्यमिक विद्यालयले आउँदो असोज १ गते विद्यालय परिसरमा ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाईने भएको हो ।
सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई शैक्षिक सम्मान गर्ने तथा गत वर्षको शैक्षिक सत्रमा प्रथम , द्धितिय र तृतिय हुने कक्षा ईसीईडी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जनाएका छन् । विद्यालयले यस वर्षदेखि आफ्नो वार्षिक उत्सव पनि मनाउँन लागेको बिध्यालय ब्यबसथापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनिले जानकारि दिन ुभयो ।अध्यक्ष पुडासैनिका अनुसार आज बिहिबार र भोलि शुक्रबार विद्यालयमा विविध खेलकुद कार्यक्रम गर्ने र उक्त खेलकुद कार्यक्रमको पुरस्कार पनि सोही कार्यक्रममा वितरण गरिने बताएका छन् ।
ः






















