हेटौडा । बारामा एकै परिवारका तीन जनाको शव घाँटी रेटिएको अवस्थामा भेटिएको छ। प्रसौनी गाउँपालिका–५ प्रस्टोका बस्ने २५ वर्षीया सुजाता चौधरी, ४ वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजबिरको बुधबार सोही ठाउँस्थित ढोरा खोला किनारमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो।
खोला किनारमा तीन जनाको शव रहेको खबरपछि जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले तीनै जनाको शव पोस्टमार्टमका लागि पठाएको छ। सवारी दुर्घटनामा परी सोमबार घाइते भएका मृतक सुजाताका श्रीमान् दिपेन्द्र चौधरीको एलएस न्यूरो अस्पताल नौतनमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सेयर गर्नुहोस्