हेटौडा-नेप्से बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ७.१९ अंकले बढेको छ। बुधबार नेप्से ०.३७ प्रतिशतले बढेर १९३८.१६ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि दैनिक बढिरहेको छ।मंगलबार १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ पुगेको छ।यस दिन २२७ धितोपत्रको ४३ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयरमूल्य ८.७४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ ५० पैसामा बन्द भएको छ।
सेयर गर्नुहोस्






















