नेपथ्य लाइभ कन्सर्टमा हेटाैंडाबासीले संगीतको मजा लिन पाउने

हेटौंडा टुडे
२४ कार्तिक २०७९, बिहीबार ११:१५

हेटौंडा-आगामी मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्ट हेटौंडामा हुुने भएको छ । हेटौंडाबासीले नेपथ्यको संगीतको मजा लिने मात्र होइन, एकसाथ मानवीय सेवा पनि गर्न पाउने सुनौलो अवसर जुर्ने भएको छ।

हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराको संरक्षण र पालनपोषणको सहयोगार्थको लागि मंसिर २२ गते आयोजना गरिने नेपथ्य लाइभ कन्सर्टमा त्यसका मुख्य गायक अमृत गुरुङले लोक÷रक गीत प्रस्तुत गर्नेछन्।

सांगीतिक कार्यक्रममार्फत् आर्थिक संकलन गरी बेसहाराको पालनपोषण र उनीहरूका लागि निर्मित भवनलाई पूर्णता दिन मानवसेवा आश्रमले मुलुकका प्रमुख १० सहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*