डेंगीबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

हेटौंडा टुडे
२०७९ कार्तिक २९, मंगलवार १२:५१ गते

हेटौडा-यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५१ हजार ४४६ र मृतकको संख्या ५८ पुगेको हो ।

अक्टोबरयता देशभर डेंगी संक्रमितको संख्या ओरालो लागेको महाशाखाको तथ्यांकले देखाउँछ । सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको थियो । नोभेम्बरका १२ दिनमा एक हजार ४३५ जना संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*