मकवानपुरमा मतदान जारी, कुल ३ लाख ७३३ जना मतदाताले मतदान गर्दै

हेटौंडा टुडे
२०७९ मंसिर ४, आईतवार १०:१५ गते

हेटौंडा ।   प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान कार्य  आइतबार विहान ७ बजेबाट मतदान सुरु भएको हो । मकवानपुरको विभिन्न मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । विहानै मतदाताहरु मतदान स्थल पुगिसकेको र लाइनबद्ध रुपमा मतदान गर्न आतुर रहेको देखिन्थ्यो । मतदाता परिचयपत्र, नागरिकता लिई मतदाताहरु आफ्नो उम्मेदवारलाई मतदान गर्न लाइनबद्ध भएका छन् ।

मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुरको क्षेत्र १ मा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै, क्षेत्र २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।मतदान कार्य साँझ ५ बजे सम्म हुनेछ । मतदान स्थल र वरिपरिका क्षेत्रमा कडा सुरक्षा रहेको समेत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*