मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १३, शुक्रबार ११:०० गते

हेटौंडा| कैलालीमा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार साँझ सुपप्र ०१–००९ प २३०८ नम्वरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

प्रहरीका अनुसार, मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो ।

यस्तै, उक्त दुर्घटनामा परेर मोटरसाइकल घाइते भएका छन् । उक्त दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*