हेटौंडा । हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको भित्रि रहस्य खोल्छु भन्दै आज अर्जन ढुङ्गाना हेटौंडा टुडे डटकमको कार्यालयमा आउनु भएको छ । बिगत छ महिना देखि क्याम्पसमा आफ्नो छोराको कुनै पनि गतिबिधि बारे जानकारि नगराएको छ प्रति उनले दुख ब्यक्त गरेका छन । आफ्नो छोरा एक दिन पनि कलेज नगएकाले कलेज जिम्बेवार हुनु पर्नेमा नभएको भन्दै हाम्रो कार्यालमा आएर उनले दुख ब्यक्त गरेका छन । कलेजले आफनो बिध्यार्थिको भबिश्य माथि खेलबाड गरेको र कलेज समयमा जिम्बेवारी बहन नगरेको प्रति उहाले आफ्नो फेसबुकमा यस्ता पोस्ट गरेका छन ।
छोरालाई महङो पैसा तिरेर कलेज भर्ना गरियो।
दैनिक कलेज जान्छ,६ महिना सम्म लगातार गयो ,पहिलो परिक्षा आयो, घरमा आएर परिक्षा राम्रो भयो भन्छ , पैसा पठायो ,कलेज ूफिू लगेर तिरे भन्छ ।
आफैलाई संका लागेर कलेज बुझ्न गए ,भर्ना गरे देखि एकदिन कलेज गएको छैन,परिक्षा पनि दिएको छैन,कलेज बाट निस्कासित भईसकेछ । यी सबै कुरा जब मैले थाहा पाए म प्रेसर बढेर झन्डै ढलिन। मेरो मनमा प्रश्न उब्जियो म अभिभावकको हैसियतले दैनिक कलेज गएर छोराको गतिबिधि बुझ्नुपर्ने थ्यो वा कलेज प्रशासनले तपाईंको छोरा भर्ना गरे देखि कलेज आएको छैन ,परिक्षा दिन पनि आएन भनेर म अभिभावकलाई एक पटक खबर गर्नुपर्थ्यो ,मेरो मनमा लाग्दैछ कमजोरि मेरो होकि कलेजको ?
मेरो छोरा प्रतिनिधि पात्र मात्र हो ,म एक सामाजिक मान्छे हु ,मलाई परेको पीडा सेयर गरे , न तपाईंलाई पनि मलाई जस्तै पीडा परेको हुनसक्छ, एकपटक कलेज गएर आफ्नो बच्चाको बारेमा बुझ्नुस् ,कलेजले तपाईंलाई खबर गर्दैन ,बच्चाले उल्टो नम्बर दियो त हामी के गरौ भन्छ किनकि त्यो कलेजमा बच्चाको कमि छैन ,हेटौंडाको चर्चित कलेज ू हेटौंडा स्कुल अफ मेनेजमेन्ट ूको बारेमा कस्को बोल्ने हिम्मत। कडा अनुशासन ,शिक्षाको पिता ूपुरन सरू यो कलेजलाई औंला ठड्याउदा हाम्रो औंला भाचिन्छ, शुल्कू हेरौ भने सामान्य मान्छेका छोराछोरी पढाउन सकिदैन ,बच्चाको बारेमा बुझ्न गयो बच्चाको कमजोरि देखाइन्छ , बिग्रेका ,पढ्न नखोज्ने ,गलत बाटोमा लाग्न खोजेका बच्चालाई सहि ट्याक मा ल्याउन सके पो वाहवाह भन्नहुन्थ्यो, बिग्री जा सडेर जा चोर हुनु भन्दै थोरै कमजोरि हुने बितिकै कलेज बाट निष्कासन गर्नु त्यो कलेज बच्चा प्रति जिम्मेवार छ भन्न मिल्छ ररु महङ्गो शुल्क असुलेर जेहन्दार बिद्यार्थी पढाएर राम्रो गरे भन्नु दिउसै रातपार्नु सो सरह हो, सक्छौ भने बिग्रेका ,कुलतमा फसेका बच्चालाई सुधारेर देखाउन सुधारकेन्द्रमा तिर्ने पैसा त्यहि तिर्छु ,शुल्कमा आपत्ति गर्दिन। अब यो मेरो आक्रोश हैन ,पीडा हो, धेरै आँसु बगेको छ ,हरेकलाई आफ्नो बच्चा आफुलाइ प्यारो हुन्छ ,कलेज मुलाू लाई के भो काला गयो गोरो आउछ।
कलेजलाई बच्चाको दुख छैन ,घुइँचो छ, अभिभावकलाई बोल्न दिदैन,मजदुर किसान श्रमजिबि बर्गको त्यो कलेजमा पहुँच पुग्दैन, मेरो कलेज प्रती आक्रोश हैन ,सुझाव हो ,यो मेरो अभिब्यक्ति पढेर मेरो छोरालाई मानसिक पिडा नदियोस् ,जिम्मेवार भएर मेरो छोरालाई सम्झाइ ,बुझाइ गरेर सहि ट्याकमा ल्याउन भुमिका खेल्नु भयो भने कलेजलाई साक्षत भगवान सम्झिनेछु ,म पनि जिम्मेवार छु कलेजको साथमा छु ,छोरालाई सहि ट्याकमा ल्याउन म पनि दिलोज्यान दिएर लाग्नेछु ।
मेरो पिडामा मलमपट्टि गरे पो कलेजलाई धन्यवाद दिन्थे अरुले चाखेको स्वाद मेरो जिब्रोले थाहा पाउदैन,मलाई तितो भयो गुनासो पोखे ,पिडाबोध भो ,गल्ती लेखेको भए क्षमा चाहन्छु।
अर्जुन ढुङ्गानाको फेसबुक स्टयाटस
बाकि कुराकानि तलको भिडियोमा हेर्नु होला