हेटौंडा । मानिस जन्मँदै पूर्ण हुँदैन । उसले जीवनका हरेक मोडमा अनुभव, अभ्यास र निरन्तर सिकाइमार्फत आफूलाई परिष्कृत गर्दै जान्छ । सोच र व्यवहारमा आउने परिवर्तनले नै व्यक्तित्वको विकास गराउँदछ।
सफलता कुनै एकै दिनमा प्राप्त हुने चिज होइन । निरन्तर प्रयास, आत्मअनुशासन र सकारात्मक सोचले व्यक्तिलाई सक्षम बनाउँदै लैजान्छ । त्यसैले, आफूलाई कमजोर ठानेर निराश हुनु भन्दा सिकाइलाई निरन्तरता दिनु आवश्यक हुन्छ। समयसँगै सोच बदल्दै, सीप निखार्दै अघि बढेमा हरेक व्यक्ति उत्कृष्ट बन्न सक्छ ।
अरुको सम्पन्न देखेर आफ्नो केहि न भएको र केहि गर्न नसकेको भन्दै निरास हुनु भन्दा आफ्नो कार्यलाइ ध्यानमा राखी अघि बढ्दै जानु पर्दछ। कहिले पनि अरुको देखेर रिस गर्नु हुदैन आफुमा जे छ, सर्वश्रेष्ठ छ भन्ने ठान्नु पर्दछ। तब मात्र हमिले केहि गर्न सक्छम।
साथै, समयसँगै गल्तीबाट पाठ सिक्ने, चुनौतीसँग जुध्ने र आत्ममूल्यांकन गर्ने क्षमताले व्यक्तिलाई परिपक्व बनाउँछ । हरेक व्यक्तिको इच्छा, चाहाना र क्षमता फरक नै हुन्छ । त्यसैले आफुलाइ कमजोर कहिले पनि ठान्नु हुदैन। तिमी जे छौ जस्तो छौ आफैमा सर्वश्रेष्ठ छौ।


















