हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरका युवा नेता जगदीस दाहालले पार्टी परित्यागको घोषणा गरेका छन् । माओवादी निकट राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय सदस्य समेत रहेका दाहालले माओवादीबाट आर्थिक समृद्धि सहितको मुलुक निर्माण नहुने भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । आईतबार प्रेस विज्ञप्ति जारी गर्दै दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर राजनीतिलाई अघि बढाउने घोषणा समेत गरे ।

सेयर गर्नुहोस्






















