हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक विदा शनिवार बाहेक का दिनमा पनि कार्यलयबाट दिईदै आएका विभिन्न सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ ।
बैशाख ७ गते बिहीबार सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु शनिवार बाहेकका १६ वटा विभिन्न सार्वजनिक विदाका दिनहरुमा पनि सुचारु रहने जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा हस्ताक्षरीत सूचनामा सार्वजनिक विदा शनिवार बाहेक का उधौली उभौली, बुद्ध जयन्ती, गणतन्त्र दिवस, घटस्थापना, क्रिशमस डे, तमू ल्होसार, महाशिवरात्री जस्ता विभिन्न १६ वटा विदाका दिनमा समेत सेवा प्रवाह सूचारु रहने उल्लेख गरिएको छ ।
सेयर गर्नुहोस्






















