बाजुरामा भूकम्पको धक्का महसुस

हेटौंडा टुडे
२०८० बैशाख २१, बिहीबार १६:०२ गते

हेटौडा। बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प गएको हो । यसअघि बैशाख १८ गते दिँउसो २ बजेर ३५ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*