हेटौंडा| हेटौंडा जेसीजको आयोजनामा भएको अन्तर जेसीज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने प्रथम भएका छन् । हेटौंडा जेसीजका महासचिव रहेका उनले अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै विजयी भएका हुन् ।
प्रतियोगितामा सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृत्तीय भएकाहरुले क्रमशः नगद एक हजार ५ सय, एक हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरे । प्रथम भएका न्यौपानेले जेसीजको सदस्यता नविकरण वापतको ३ हजार रुपैयाँ शुल्क समेत छुट प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी १० जनाले सकारात्मक दृष्टिकोणको लागि युवा नेतृत्व भन्ने विषयमा बोलेका थिए । सन्जयकुमार न्यौपानेको संयोजकत्व एवम् हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा जेसीज वर्ष सन् २००१ का अध्यक्ष धर्मकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरु कविन सांगामी, अन्जनीकुमार पराजुली र कुशकुमार रिजालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन वक्तृत्वकला प्रतियोगिता भएको हो ।