हेटौंडा| दाङको देउखुरीमा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी-९ की २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा २३ जना घाइतेलाई उपचारका लागि लमही पठाइएको छ ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।
सेयर गर्नुहोस्


















