जुत्ता चप्पल व्यवसायी संघको तेस्रो साधारणसभा

हेटौंडा टुडे
२०८० जेष्ठ ७, आईतवार १३:४८ गते

हेटौंडा |  जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो साधारणसभा भएको छ। जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रामहरी तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा व्यवसायी सम्मान २०७९ बाट बाबा शुसेन्टर संचालक  गणेश दास बानियाँ लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, संघका वस्तुगत उपाध्यक्ष राजु अधिकारी, संघका पूर्व महासचिव महेन्द्र राउत, उद्योग वाणिज्य संघका सदस्य तेजराज अधिकारी, कपडा  तथा तयारी पोसाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, फर्निचर व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्ण अर्याल, मोवाइल एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्ष दिनेश लामा लगायत संघका पदाधिकारीको उपस्थिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*