आईपीएलको फाइनल प्रवेशका लागि चेन्नई र गुजरात

हेटौंडा टुडे
२०८० जेष्ठ ९, मंगलवार १४:५२ गते

हेटौडा| जारी इन्डियन प्रिमियर लिगको फाइनल प्रवेशका लागि आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

चेन्नईमा हुने पहिलो क्वालिफायर खेलमा चेन्नई र गुजरातबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी आईपीएलमा गुजरात शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

आजको खेलको विजयी टिम सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायर खेल्ने पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*