गणतन्त्र दिवसमा ६ जना पत्रकार पुरस्कृत

हेटौंडा टुडे
१६ जेष्ठ २०८०, मंगलवार ११:१०

हेटौंडा । १६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले सोमबार प्रदेशको राजधानी हेटौंडामा ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिमा भूमिका खेलेको भन्दै जनही नगद २० हजार रुपैयाँ सहित प्रदेशका विभिन्न जिल्लाका ६ जना पत्रकारहरुलाई सम्मान गरेको हो ।

प्रदेश सरकारले विकाश पत्रकारिता सम्मानबाट चितवनका पत्रकार अनिल ढकाल, ग्रामीण पत्रकारिता सम्मानबाट मकवानपुरका पत्रकार शिवकुमार रिजाल ‘काशी’, प्रदेश गौरव पत्रकारिता सम्मानबाट नुवाकोटकी पत्रकार शक्तिमाया तामाङलाई पुरस्कृत गरेको छ । यस्तै अग्रज पत्रकार सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजु, र युवा पत्रकारिता सम्मानबाट सिन्धुलीका विक्रम रत्नलाई पुरस्कृत गरिएको हो ।

यसैगरी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको खुला लेख प्रतियोगिता मार्फत् ६ जनालाई पनि पुरस्कृत गरेको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त लेख संकलन तथा मुल्यांकन गरि ६ जनालाई पुरस्कृत गरिएको हो ।

यसरी पुरस्कृत हुनेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुरेन्द्र कार्की प्रथम, मकवानपुरकी क्रियाशील पत्रकार सुनिता विष्ट र प्रेमकला पौडेल द्वितीय हुँदा काठमाडौँका पत्रकार फणीन्द्र फुयाँल, पत्रकार अनीश मिजार र शिवराज योगी तृतीय भएका छन् ।

उनीहरुलाई क्रमश नगद १५ हजार रुपैयाँ, १०÷१० हजार रुपैयाँ र ५÷५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*