प्रधानमन्त्री दाहाल आज भारत भ्रमणका लागि जाँदै

हेटौंडा टुडे
१७ जेष्ठ २०८०, बुधबार १०:२१

हेटौडा। प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणका लागि आज दिउँसो जाँदै छन् । प्रधानमन्त्री दाहालसहितको टोली काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने छन् ।
बुधबार दिल्लीमा प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । बिहीबारदेखि शुरू हुने उच्चस्तरीय भेटवार्तामा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय बुद्धिजीवी र दलका नेताहरूसँग भेटवार्ता हुनेछ ।  भ्रमणका क्रममा विभिन्न सहमति हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*