हेटौंडा| हेटौंडामा ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ ५१ औं विश्व वातावरण दिवस मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा सोमबार उक्त दिवस मनाइएको हो ।
समितिले उक्त दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी आज समापन गरेको छ । हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा र्याली निकालिएको थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरबाट सुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कार्यक्रममा टोल विकास संस्था दर्पण पुस्तिका समेत विमोचन गरिएको छ । यस्तै, कार्यक्रममा टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पुर्याउने रामकृष्ण थापा र ज्ञान बहादुर थापालाई सम्मान पनि गरिएको थियो ।
यस्तै, कार्यक्रममा सप्ताहव्यापी रुपमा आयोजना भएका कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्व अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, भारती पाठक, एकालाल श्रेष्ठ, हेटौंडा उपमाहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, टोल विकासका संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।