हेटौंडा| हेटौंडामा भएको जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिताको प्रथम आकृति घिमिरे भएकी छिन् ।
‘युवा र नवप्रवर्तन’ शिर्षकमा जिल्ला युवा समिति मकवानपुरले सोमबार आयोजना गरेको उक्त प्रतियोगिताको प्रथम घिमिरे भएकी हुन् ।
यस्तै, प्रतियोगीतको द्धितियमा सरोज विक, तृतीयमा कृतिका लैडारी भएका छन् । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे ।
कार्यक्रम जिल्ला युवा समितिको संयोजक सुमन पाख्रिनको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगिताको निर्णायकको भूमिकामा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज शर्मा, प्राध्यापक निरा शर्मा र पुर्व हेटौंडा जेसिस अध्यक्ष दिपक मिश्र रहेका थिए ।
सेयर गर्नुहोस्






















