गर्मीका कारण हेटौंडाका विद्यालयको बिदा २ दिन थप, २९ गते सम्म बन्द

हेटौंडा टुडे
२०८० जेष्ठ २७, शनिबार १७:०४ गते

हेटौंडा । अत्याधिक गर्मीका कारण गत जेठ २१ गते देखि २६ गते सम्म छ दिनको लागि दिएको बिदा दुई दिनको लागि थप गरिएको छ । हेटौंडाका सबै विद्यालय भोलि २८ गते आईतबार र २९ गते सोमबार गरि दुई दिनको लागि विद्यालय बन्द हुने भएको हो । आज पुनः शिक्षा महाशाखा शाखा अधिकृत रमेश विडारीले एक विज्ञप्ति प्रकाशित गर्दै बिदा २ दिन थप गरेको उल्लेखक गरेका हुन् । २९ गते पनि विहानको समय वा अनुकूल समय पठनपाठन यथावत गर्न पनि भनिएको छ । गर्मी बढेकाले अभिभावकबाट गुनासो आएकोले पुनः २ दिन थप गरेरे विद्यालय २९ गतेसम्म बर्खे बिदाबाट मिलान हुनेगरी बिदा गरिएको सूचनामा जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*