मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष लामाद्वारा विद्यालय अनुगमन

हेटौंडा टुडे
२०८० जेष्ठ २९, सोमबार २०:३७ गते

हेटौंडा । अत्याधिक गर्मीका कारणले गर्दा केही देन देखि बन्द भएको मकवानपुरगढी गाउँपालिकाको शैक्षिक सस्थाहरु हिजो आईतबार बाट सुरु भएको छ । गर्मीको कारणले गर्दा पालिका भरि रहेका शैक्षिक सस्थाहरुको पठन पाठनको अबस्था बुझ्नको लागि हिजो आईतबारबाट नै गाउँपालिकाले बिधालय अनुगमनलाई तिब्रता दिएको छ ।

हिजो आईतवार वडा नम्बर ४ मा रहेको मनकामना माबीमा गाउपालिका अध्यक्ष सहितको टोलिले बिधालय अनुगमन गरिएको थियो । साथै बिद्यालयको अनुगमन सङै शिक्षा सुधार गर्ने लक्ष्य अनुसार शिक्षकहरुसङ केहिबेर छलफल सहित राए सहित प्रस्तुत गरिएको थियो ।

गर्मिका कारण मकवानपुरका बिभिन्न स्थानिय तहहरुले शैक्षिक सस्थाहरु केही समय बिदा दिएता पनि मकवानपुरगढी गाउँपलिकामा भने हिजो आइतबाट  नै सुचारु गरिएको र बिधालयमा विद्यार्थीको उपस्तिथि, गर्मीले गर्दा पठनपाठनमा असहज छ कि सहज भएको छ भन्ने बिषयमा बुझनको निमित्त आफू स्थलगत अनुगमनमा निस्किएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङताने बताउनु भयो ।

अनुगमनका क्रममा आज बिहान वडा नम्बर ६ को जाल्पादेवि मा बी मा गाउपालिका उपाध्यक्ष मान कुमारी पाखृन नेपाली र अध्यक्ष लामा सहितको टोलिले कक्षा ईसिईडि देखि कक्षा १० सम्मको अनुगमन गर्नु भएको थियो । साथै दिउँसो वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक बिधालयमा पनि अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बिद्यालयको शैक्षिक एवम भौतिक अबस्थाहरुको   समस्याको पहिचान गरि थप सुधारको लागि प्रधानाध्यापक , ब्यबस्थापन समितीलाई निर्देशन गरिएको छ । साथै शैक्षिक अबस्था बारे बुझ्नको निम्ति अध्यक्षबाट कक्षा कोठाको अबलोकन समेत गरिएको थियो । हिजो बाट सुरु भएको यो अनुगन कार्य अझै केही दिन चल्ने र सबै वडाका सामुदायिक बिधालयहरुमा अनुगन गरिने गाउपालिका अध्यक्ष लामाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*