पालिका अध्यक्ष लामाद्वारा अस्थाई प्रहरी पोस्टको निर्माणाधिन जग्गाको स्थलगत अवलोकन

हेटौंडा टुडे
३० जेष्ठ २०८०, मंगलवार १९:५२

हेटौंडा । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान र वडा नम्बर २ का वडा अध्यक्ष् बखान सिह पाख्रिन द्वारा आज मंगलबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर- २ मा अबस्थित रहेको अस्थाई प्रहरी पोस्ट जितपुर मकवानपुरगढी निर्माणाधिन जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।

 

बिगत लामो समय देखि अस्थाई प्रहरी पोस्ट जितपुरका सुरक्षामा खटिएका प्रहरीहरु पुरानो भबन जस्ताको छाना मुनि र काठको कत्तरमा बस्न बस्दै आईरहेको थिए । अनुगमनका क्रममा अध्यक्ष् लामाले प्रहरीका लागि आवश्यक पर्ने भौतिक संरचना, र प्रविधि तथा आवश्यक जनशक्तिका बारेमा चासो लिदै स्थानीय सरकारले प्रहरी संग हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो ।

स्थलगत अनुगमन गर्दै वडा अध्यक्ष् पाख्रिनले गाउँपालिकाको सहयोगमा २ लाख रुपैयाको उपभोक्ता समिति मार्फत अस्थायी प्रहरी पोस्टको नया भवन निर्माण कार्यको लागि जग्गा समथर बनाउने काम के कस्तो भयो भनि आफुहरुले स्थलागत अनुगमन गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*