बिषादी परिक्षणको लागि उपमहानगरलाई मेसिन

हेटौंडा टुडे
३२ जेष्ठ २०८०, बिहीबार ११:१६

हेटौंडा । हेटौंडामा उपमहानगरपालिकामा बाह्य जिल्लाबाट र मकवानपुर कै विभिन्न भागबाट भित्रिने फलफुल तथा तरकारीमा भएको बिषादी परिक्षण हुने भएको छ ।

हेटौंडामा बिक्रीका लागि आउँने तरकारीको बिषादीको परिक्षणकालागि बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेपछि बिषादी परिक्षण हुने भएको हो ।

मन्त्रालयले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई केहिदिन अघि उक्त मेसिन हस्तान्तरण गरिएको थियो । उपभोक्ताले बिषाक्त तरकारी तथा फलफुल प्रयोग गर्नुनपरोस भनेर तरकारीको परिक्षणका लागि मेसिन दिएको मन्त्रालयले जनाएको छ । मेसिनले तरकारीमा प्रयोग भएको बिषादीको मात्रा मापन गरी खान योग्य र अयोग्य छुट्याउँने छ ।

मेसिन हेटौंडा–११ थानाभ¥याङमा निर्माणको अन्तिम चरणमा रहेको तरकारी थोक बजारमा राखेर परिक्षण गरीने बताइएको छ । हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा थानाभ¥याङमा थोक तरकारी बिक्री केन्द्र निर्माणको चरणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*