हेटौंडा| हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले शनिवार नेतृत्व तथा क्षमता विकास तालिमको आयोजना गरेको छ ।
समूहको चालु आर्थिक वर्ष ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरेको सो समूहकी सचिव नानीमाया रुम्बाले जानकारी दिइन् ।
वन समूहद्वारा गठित विभिन्न महिला उपसमितिका पदाधिकारी र सदस्यहरुलाई सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको उनले बताइन् ।
हेटौडा–६ की वडा सदस्य मुना बिकको प्रमुख आतिथ्यता र वन समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
विभिन्न महिला समूहका गरी २५ जना सहभागी रहेका तालिममा रुपेश दुलाल, आरती पाठक, नानीमाया रुम्बा र भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।
सेयर गर्नुहोस्