हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकीटोलमा शनिबार राति सवारी दुर्घ६ना हुँदा एक जनाको मृत्यु भएको छ ।
भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६४४ नम्वरको स्कुटरलाई विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ८५१ नम्वरको टिपरले ठक्कर दिँदा एक जको मत्यु भएको मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार, दुर्घटनामा स्कुटरमा पछाडी सवार हेटौंडा–१, जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो ।
यस्तै, उक्त दुर्घटनामा परेर स्कुटरका चालक सामान्य घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार पश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले बताए ।
प्रहरीले ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।






















