बाल हेल्प लाइन सिभिनकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
११ असार २०८०, सोमबार १३:३२

हेटौंडा । बाल हेल्प लाइन सिभिनबाट आज (सोमबार) हेटौंडामा अनलाइन बाल संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएकाे छ । वडा सहजकर्ता तथा बालबालिकासँग सम्बन्धित रहेर कार्य गर्नेहरुको बिच अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

उक्त कार्यक्रमबाट सिभिन नेपालद्वारा अनलाइन बाल संरक्षणको सर्वेक्षण २००८ सालबाट भएको र २०२० सालबाट सातै प्रदेशमा अनलाइन संरक्षण भईरहेकाे सुचना मार्फत जानकारी दिएकाे छ । यसैगरि बालबालिकाको हक सम्बन्धि विभिन्न जानकारी मुलुक सूचनाहरु यस कार्यक्रम मार्फत प्रबाह गरेकाे हाे ।

नागरिक समाज , सहकारी निकाय र स्थानीय निकायहरु लगाएतसगँ पनि बालबालिकाकाे हक हितकाे लागि छलफल भईरहेकाे सुचना मार्फत जानकारी दिए । बालबालिका श्रम शाेसन पर्ने र अहिलेकाे समय भनेकाे अनलाइनकाे समय हाे । अनलाइनकाे उचित प्रयाेग नहुनाले बालबालिकाहरु भ्रमित जालाेमा पर्न जान्छन् । त्यसैले यस्ता कुराहरुलाई निवारण गर्नकाे लागि बाल हेल्प लाइन सिभिनले धेरै प्रयास गरि रहेकाे संयोजक झविन्द्र ज्ञावलीले बताए ।

यस कार्यक्रममा बाल हेल्पलाइनका सदस्यहरु , बाल अधिकार समितिका सदस्यहरु र विभिन्न वडाका वडा सहजकर्ताहरुको उपस्थितिमा कार्यक्रम सामापन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*