हेटौंडा अस्पताललाई ८८ लाख ६ हजारको सामग्री सहयोग

हेटौंडा टुडे
२०८० असार १४, बिहीबार १४:२३ गते

हेटौंडा|मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई साढे ८८ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग भएको छ ।

अस्पताललाई रोटरी क्लव अफ मकवानपुरले अस्पतालको सेवा प्रवाहमा थप सहयोग पु¥याउने उद्देश्यसहित ८८ लाख ६० हजार ४७२ रुपैयाँको सामग्री बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले विविध स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।

यसमा हेटौंडा उपमहानगरपालिकासहित विभिन्न देशमा रहेका रोटरीयनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इकोकार्डियो मेसिन हस्तान्तरण गरेको हो । इकोकार्डियोसहित रोटरीले टिएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

सामग्री सहयोगपछी अब हेटौंडा अस्पतालमा मुटु सम्बन्धि उपचार गर्नुपर्ने बिरामीका लागि सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*