मकवानपुरगढीमा अब स्थानीय सरकारले जग्गा जमिन बाझो राख्न दिदैनौ : अध्यक्ष् स्याङतान

हेटौंडा टुडे
१६ असार २०८०, शनिबार १३:५५

हेटौडा । मकवानपुरगढी गाउँपलिकामा जागा जमिन बाझो राख्न नदिने र यदि जागा जमिन बाझो राखेमा स्थानीय सरकारले त्यस्ता जग्गा जमिनलाई करको दायरामा ल्याउने मकवानपुरगढी गाउपलिकाका अध्यक्ष् दोर्जे लामा  स्याङ्तानाले बताउनु भएको छ ।

मकवानपुरगढी गाउपलिका कृषि बिकाश शाखाको आयोजना तथा बंश गोपाल माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) को सहकार्यमा  असर १५ तथा धान दिबसको अबसरमा सुक्रबार आयोजित कार्यक्रमा बोल्दै स्याङतान यस्तो बताउनु भएको हो ।

यदि बाझो बारीमा कसैले रैथानेबाली लगाई खेति गरेमा स्थानीय सरकारले मल बिउ खान जोत को निम्ति अनुदान सहित प्रति रोपनी ९ सय रुपैया स्थानीय सरकारले दिने बताउनु भयो । साथै स्थानीय सरकारबाट पाउने सेवा सुबिधा नालिगी कसैले अटेर गरि जग्गा जमिन बाझो राखेमा त्यस्ता जग्गा धनीहरुलाई स्थानीय सरकाले करको दायरामा ल्याउने र खेति योग्य जमिन र बाझो जमिनको जरिवानालाई फरक फरक लगाउने समेत मकवानपुरगढी गाउपलिकाले नीति बनाउन लागेको अध्यक्ष् स्याङतान बताउनु भयो ।

कार्यक्रमा बोल्दै अध्यक्ष् स्याङतान जागा भाडामा लिएर रैथाने बालि खेति गर्ने किसानहरुको लागि प्रति रोपनी २ हजार रुपैया पालिकाले उपलब्ध गराउदै आएको समेत बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*