हेटौंडा । बागमती प्रदेशसभा बैठक सोमबार बस्ने भएको छ । बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै नाराबाजी भएपछि स्थगित भएको बैठक आज बस्ने भएको हो ।
नेकपा एमाले र राप्रपाका सांसदहरूले नीतिगत भ्रष्टाचार बन्द हुनुपर्ने, व्यक्तिवादी बजेट बन्द हुनुपर्ने लगायतका नारासहित नारावाजी गरेपछि सभामुख भुवन पाठकले बैठक साँझ ५ बजेसम्मका लागि स्थगित गरेका थिए । तर दलहरूबीच सहमति हुन नसकेपछि बैठक सोमबार विहान ११ बजेका लागि बोलाइएको छ ।
असार १ गते बजेट प्रस्तुत भएर असार १२ गते छलफलका लागि बोलाइएको बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।
सेयर गर्नुहोस्