हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा आफ्नो वडा भित्र बसोबास गर्ने निम्न आय भएका ५० परिवारको वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।
आफ्नो वडा भित्र रहेक गरिब तथा बिपन्न परिवारको पहिचान र गर्नको लागि टोल विकास संस्थालाई जिम्मा दिएको र टोल बिकाश सस्थाको सिफारिसको आधारमा ५० परिवारलाई स्वास्थ्य बिमा गरेको वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिनु भयो ।
आव २०७९ /०८० को सिलिंग बजेट बाट बिमा कार्यक्रम संचलन गरेको र साथै विपन्न तथा निम्न आय भएका अन्य बाँकी परिवारको पनि पहिचान गरि आगामी दिनमा यो कार्यक्रमको सुनिश्चित गरि कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता गरिने वडा अध्यक्ष दाहालले बताउनु भयो ।
सेयर गर्नुहोस्