मकवानपुरगढी ६ मा पनि न्युन आय भएका ११४ परिवारको निःशुल्क स्वास्थ्य बीमा

हेटौंडा टुडे
१९ असार २०८०, मंगलवार २२:१५

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा पनि न्यून आए भएका ११४ परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । वडा नम्बर ६ भित्र बसोबास गर्ने निम्न आय भएका ११४ परिवारका करिब छ सय परिवारको वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गरि दिएको छ । आफ्नो वडा भित्र रहेक बिप्पन, दलित , गरिब तथा बिपन्न परिवारको पहिचान गरि आफुले निर्वाचित भईसकेपाछि जनता माझ गरेको प्रतिबद्धता लाई आत्मासाथ गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई जोड दिएको वडा अध्यक्ष् कृष्ण बजगाई ले बताउनु भयो । साथै आफ्नो वडा भित्र रहेको टोल विकास सस्थालाई दिएको जिम्सबेवारी सस्थाले पुरा गर्दै टोल विकास सस्थाले सिफारिस गरको सिफारिसको आधारमा वडाले निःशुल्क स्वास्थ्य बीमा गरेको पनि अधय्क्ष बजगाईले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*