मकवानपुरगढी ६ मा टोल बिकाश संस्थालाई बिभिन्न सामग्री सहयोग

हेटौंडा टुडे
२०८० असार २०, बुधबार ०८:१९ गते

हेटौडा ।  मकवानपुरगढी गाउँपलिका वडा नम्बर ६  भित्र रहेका सबै टोल बिकाश संस्थालाई बिभिन्न सामग्रीहरू सहयोग स्वरुप प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमका बीच मकवानपुरगढी गाउँपलिकाका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालि र वडा नम्बर ६ का वडा अधय्क्ष कृष्ण बजगाईले टोल बिकाश संस्थाका अध्यक्ष नकुल चौलागाईलाई संयुक्त रूपमा सामाग्रि हस्तान्तरण गरेका हुन् ।

टोल बिकासहरुको सस्थांगत सृदृडिकरण गराउने ,सामाजिक सेवामा जानउत्तरदायी बनाउने र अझ  निखारता ल्याउने र आफ्नो वडामा भएका हरेका खाले समयास्याहरु टोल बिकास मार्फत छलफलको बिषय बन्दै निकासा निकाल्न सहयोग पुग्ने वडा अध्यक्ष कृष्ण बजगाईले बताउनु भयो । चालु आर्थिक वर्ष २०७९ ८० कि विनियोजित ५ लाख बजेबाट ७ वटा टोल बिकाश संस्थालाई आवाश्यकताको आधारमा बिभिन्न सामग्रीहरू जस्तै टेबल कुर्सि फोटो कपि मेसिन प्रिन्टर लगाएतका सामाग्रीहरू सहयोग स्वरुप प्रदान गरेको अध्यक्ष् बजगाईले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपलिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले अब टोल बिकास सस्थाहरु पनि जागरुक हुनुपर्ने बताउदै वडा नम्बर ६ भित्र रहेका सबै टोल बिकास सस्थाहरुलाई आफ्नो काम कर्तब्य ,अधिकार र जिम्बेवारिलाई पुरा गर्नको निम्ति सस्थाहरुलाई ब्यबस्तित गर्नको निम्ति वडा स्थातर बाट भएको सहयोगले टेवा पुग्ने बत्ताउनु भयो ।

कार्यक्रमा नवदुर्गा टोल बिकाश सस्थाको आयोजना तथा मकवानपुर गढी ६ को सहकार्यमा सम्पन्न भएको थियो । नवदुर्गा टोल बिकाश सस्थाका अध्य्क्ष नकुल चौलागाईको सभा अध्यक्षतामा भएको कार्यक्रमामा मकवानपुर गढी गाउँपलिकाको उपाध्यक्ष् मानकुमारी पार्ख्रिन नेपालीको प्रमुख अथिथ्यता एवम मकवानपुरगढी गाउपलिकाका वडा नम्बर ६ का अध्यक्ष् कृष्ण बजगाई , कार्यपालिका सदस्य केसब रसाईलीको बिषेस  अथिथ्यतामामा कार्यक्रम  सम्पन्न भएको थियो , कार्यक्रममा  निबर्तमन अध्यक्ष् टिका दाहाल ,  बिबिन्न टोल विकास सस्थाका अध्यक्ष्हरू  लगाएतकाको उपस्तिथी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*