एसइई परिक्षाको नतिजा अन्तिम चरणमा, नतिजा १६ तरिका बाट हेर्न पाईने

हेटौंडा टुडे
२० असार २०८०, बुधबार १६:३७

हेटौडा  । एसइईको नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । अब हुने एसइई परिक्षा नतिजा १६ वटा संस्थालाई उपलब्ध गराउन अनुमति दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् ।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, एडु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था फर्मले वेबसाइट मार्फत नतिजा उपलब्ध गराउने छन् । यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*