चुरेहिलमा सनिबार मुटु रोग सम्बन्धि सिबिर हुने

हेटौंडा टुडे
२९ असार २०८०, शुक्रबार ०९:२४

हेटौडा ।  हेटौडामा रहेको चुरेहिल अस्पतालमा भोलि सनिबार मुटु रोगका बिरामीहरुले सेवा सुविधा पाउने भएका छन । बिगत लामो समय देखि हेटौडाको सुबिधा सपन्न हस्पिटलको रुपमा परिचित चुरेहिला अस्पतालमा मुटु सम्बधि स्वास्थ्य सिबिर हुन लागेको हस्पिटलका म्यानेजर रबि थापाले बताउनु भयो । चितवन भरतपुरबाट बरिस्ट मुटु रोग बिशेषज्ञ डाक्टर बिशाल श्रेष्ठ आउन लगेकाले हस्पिटलले मुटु रोगका बिरामीहरुलाई स्वास्थ्य चेक जाच गर्न आउनका लागि अनुरोध गरेको थापाले जानकारी दिनुभयो ।  साथै हस्पिटलमा जनरल फिजिसियन सेवा हाड जोर्नी सेवा नसा तथा बाथ रोग बिशेषज्ञ सेवा न्युरो सर्जरी सेवा जनरल अत्याधुनिक दुरबिन प्रबिधि द्वारा अपरेसन सेवा सिटि स्क्यान सेवा आई सी यु सेवा इन्डोसकोपि सेवा फिजियोथेरापी सेवा साथै २४ सै घण्टाइमर्जेन्सी सेवा रहको हस्पिटलले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*