हेटौंडा| हेटौंडा राइडर्स क्लबले शनिबार कोरा साइकल र्यालीको आयोजना गरेको छ । राइडर्सले संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा साइकल र्याली नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गरेको हो ।
विशेष गरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरेको कोरा साइकल र्यालीमा २० वटा भन्दा बढी मन्दिर परिक्रमा गरी समापन गरिएको क्लबका अध्यक्ष बिकास ताम्राकारले जानकारी दिए ।
उनका अनुसार, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेको कोरा साइकल र्याली हुप्रचौरबाट सुरु भई भुटनदेवी मन्दिर परिक्रमा गरी टिसिएन रोड, मेनरोड, चौकीटोल, जलेश्वर मन्दिर हुँदै वनस्खण्डी, सानोपोखरा लट्टिनाथ भैरवरोड चिल्ड्रेन पार्क हुँदै भुवनेश्वर पशुपतिनाथ, कमलडाडा गुम्बा हुँदै सिमेन्टरोड गुम्बा, कुष्माण्ड सरोवर त्रिवेणी धाम, मयुर धाप हेटौंडा–१४, पदमपोखरी हेटौंडा–१३ हुदै भोर्ले हेटौंडा १२, नयाँ राप्ती पुल आलदमार हुँदै नवलपुर-११, थानाभर्याङ, राप्ती पुल, गोरक्षेश्वर मन्दिर हुँदै राप्ती रोड बुद्ध चोकमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा मेडल, प्रमाणपत्र तथा जाईन्ट साइकलद्वारा प्रायोजन गरिएको उपहार पनि प्रदान गरिएको थियो । कार्यक्रममा काठमाडौं, निजगढ तथा मकवानपुरका गरी २०० भन्दा राईडर्सहरुको सहभागीता रहेको क्लबका अध्यक्ष ताम्राकारले बताए ।