हेटौंडा| हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित राप्ती खोलामा डुबेर आज दिउँसो एक युवकको मृत्यु भएको छ ।
दिउँसो १ः४० बजेको समयमा राप्ती पुलबाट १० मिटर तल राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर अन्दाजी २५ वर्षीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दिउँसो स्थानीय ३,४ जना केटाहरु पौडी खेल्ने खोलामा गएको थिए । सो क्रममा डुबेर हाल नाम, थर वतन नखुलेको ती पुरुषको मृत्यु भएको हो ।
खोलामा डुबेर गम्भीर भएका उनलाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सेयर गर्नुहोस्