हेटौडा । ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी वरिष्ठ नायव निरीक्षक बिमल गिरीसहित ६४ जना इन्स्पेक्टर बढुवामा सिफारिस भएका छन् ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । बढुवा सिफारिस भएका गिरी लामो समय जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा रहेका थिए । बढुवा सिफारिसमा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ नायव निरीक्षक बिदुरचन्द्र अधिकारी पनि छन् ।
सेयर गर्नुहोस्


















