मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

हेटौंडा टुडे
२३ श्रावण २०८०, मंगलवार १०:२०

हेटौडा। मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*