हेटौडा। हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ संचालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सो सडक पहिरो पन्छाएर संचालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार रातिको अविरल वर्षासँगै खसेको पहिरोका कारण सो सडक खण्ड अवरुद्ध भएको थियो ।
वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत बकैया(११ लाम्राङमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनका अनुसार सडक डिभिजन कार्यालय हेटौंडाको २ वटा डोजर प्रयोग गरेर पहिरो पन्छाएको हो ।
सेयर गर्नुहोस्






















