हेटौडा। सुनसरीको धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्याली आयोजना गरेका छन् । र्यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
सेयर गर्नुहोस्