डेंगु संक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा टुडे
१२ भाद्र २०८०, मंगलवार १३:५५

हेटौडा। बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगु रोगको संक्रमणबाट गए राति मृत्यु भएको छ ।बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेंगुको संक्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए । डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*