हेटौंडा–१५ चुरियामाईको खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण

हेटौंडा टुडे
२०८० आश्विन १४, आईतवार २०:५४ गते

हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानी चुरिमाईमामा अवस्थित शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति आज एक समारोहका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । यस क्षेत्रमा संचालित ४५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरे बापत न्युन्तम शुल्क २५० रुपैयाँ भुक्तानी गर्दे आइरहेकोमा आज देखि १० हजार लिटर सम्म पानी निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

कार्यक्रममा वडा नंम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानले साविक चुरियामाई गाविसको विगतको खानेपानीको लागि गरिएका प्रयास तथा संघर्षहरुका बारेमा प्रकाश पार्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खानेपानीको टंकि निर्माण गर्न जग्गा उपलबध गराउने जग्गा दाताहरुलाई सम्म गर्नुका साथै समितिमा विगत लामो समय देखि कार्य गर्दे आइरहनु भएका कर्मचारी सेते वाइवालाई उमेर हदका कारण अवकास प्राप्त हुनु भएकोले विदाई तथा सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*