मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय गानबाट सुरु हुन्छ कार्यालयको काम

हेटौंडा टुडे
८ मंसिर २०८०, शुक्रबार २१:३१

हेटौंडा। मकवानपुरमा रहेको मकवानपुरगढी गाउँपालिकाले कार्यालय समय सुरु हुनु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ ।

मंसीर ६ गते बुधबार देखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताउनु भयो साथै प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व कर्मचारीहरु पोशाकमा सजिएर राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी उक्त कार्यको थालनी गरेको कार्कीको भनाई छ । कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको कार्कीले बताउनु भयो ।

राष्ट्रिय गान बाट कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने,राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने र कार्यालयको काम समयामानै हुने विश्वास आमा जनसमुदायमा पुराउन सकिने भएकाले पालिकामा यस्तो कार्यको थालनी गरिएको गाउपलिका अध्यक्ष् दोर्जे लामा स्याङ्गतानले बताउनु भयो ।

हाललाई बिहान दश बजे कर्मचारीको सहायताबाट राष्ट्रिय गान बजाइने गरेको भए पनि केही समय पछि अटोमेटिक रुपमा राष्ट्रिय गान बज्ने गरी कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताउनु भयो । राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्मियता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ कार्कीले बताउनु भयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*