मनहरीमा २ दिने राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु

हेटौंडा टुडे
१६ पुष २०८०, सोमबार १८:३३

हेटौडा। मनहरी गाउँपालिकामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । सोमबार एक कार्यक्रमको बीच प्रतियोगीताको समुद्घाटन भएको हो । मनहरी गाउँपालिकाको आयोजना र श्री रोटरी माध्यमीक विद्यालयको व्यवस्थानमा भएको उक्त प्रतियोगीता खेलकुद विकास समितिको समन्वयमा भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले विद्यार्थीहरुको खेल क्षेत्रमा प्रगतीका लागि उक्त प्रतियोगीता आवश्यक रहेको बताउनु भयो । खेलकुदको विकाससँगै विद्यार्थीहरुबीच रहेको खेल प्रतिभाहरुको उजागर गर्नका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ । पालिकास्तरको खेलबाट विजयी भई जील्लास्तरमा विजयी हुने टिमलाई विशेष पुरस्कारको व्यवस्था गरीने पनि अध्यक्ष कालाखेतीले उद्घोष गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम लेखेको व्यानर र नेपालको राष्ट्रिय झण्डा लिएर सहभागी भएका थिए ।

दुइ दिन सम्म चल्ने प्रतियोगीतमा पालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १३ बिद्यालय सहभागी छन । खेलमा कबड्डी, भलिवल, रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, ज्याभलिङ थ्रो र सटफुट लगायतका प्रतियोगीताहरु सञ्चालन हुनेछन् ।

कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको छ । श्री रोटरी माध्यमीक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम खेलकुद विकास समिति मनहरीका संयोजक विरु लामाको सभाध्यक्षतामा सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*