हेटौडा। रौतहटको चन्द्रनिगाहापुरमा गएराति भएको सवारी दुर्घटनामा २ जना भारतीय नागरिकको ज्यान गएको छ भने अटो चालक सहित अन्य ४ जना घाइते भएका छन्।
सोमबार राति पूर्व(पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुप–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोकेको ट्याङ्करले पूर्वबाट आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई सोमबार राती ठक्कर दिँदा अटोमा सवार दुई भारतीयको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते दुवैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा राति मृत्यु भएको हो । ज्यान गुमाउनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झा रहेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । उनीहरू सहित ६ जना सवार अटो चन्द्रनिगाहपुर बजार तर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको जनाइएको छ।