जग्गा प्रकरणमा पक्राउ चौधरीसहित ३ जना रिहा

हेटौंडा टुडे
२०८० माघ २४, बुधबार १६:४८ गते

हेटौडा । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार व्यवसायी चौधरीसहित ३ जना बुधबार रिहा भएका हुन् ।
बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ परेकोमा अदालतले रिहा गर्न आदेश दिएको थियो । माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट केन्द्रीय अनुसन्धान ब्युरो उनीहरुलाई पक्राउ गरेको थियो ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*