हेटौंडा । मकवानपुरगढीमा ट्रिपर पल्टिदा घाईते भएका दुई जनाको पहिचान खुलेको छ । सुकौराबाट सिवम सिमेन्ट फ्याक्ट्री तर्फ आउदै गरेको ना ५ ख ३००५ नंबरको ढुङ्गा लोड भएको टिप्पर आफै अनियन्त्रित भइ दुर्घटना हुदा दुइ जना घाइते भएका थिए । दुर्घटनामा टिप्पर चालक मकवानपुर मकवानपुरगढि गाउँपालिका वडा नम्बर– ८ बुढिचौर बस्ने ३२ वर्षिय संजय स्याङतान र टिफरमा सवार मकवानपुरगढी–६ डुम्म्रेकुना बस्ने ४३ वर्षिय सुर्य घलान घाईते भएका हुन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।
सेयर गर्नुहोस्






















