सवारीको ठक्करबाट मकवानपुरमा अधिकारीको मृत्यु

हेटौंडा टुडे
१९ फाल्गुन २०८०, शनिबार ११:४२

हेटौंडा । मकवानपुरमा पिकअप भ्यानको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित ज्यामिरेमा आज पिकअप भ्यानको ठक्करबाट स्थानिय ५० वर्षका सिताराम अधिकारीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

हेटौँडाबाट वुटवल जादै गरेको लु २ च ७३२७ नम्बरको पिकअपको ठक्करबाट घाइते भएका अधिकारीका उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरिले जनाएको छ ।

पिकअप चालक नवलपरासी वर्दघाट नगरपालिका १२ चौपट्टा वस्ने वर्ष २० वर्षका मनोज भुसाललाई सवारी सहित नियन्त्रणमा लिईएको प्रहरिले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*